मंगलबार, ६ साउन २०८२

शिव श्री हाइड्रो आईपिओमा आवेदन गर्ने समय थप

समयपोष्ट २०७५ माघ ११ गते १२:२९

शिव श्री हाइड्रोपावर कम्पनीले साधारण सेयरमा आवेदन गर्ने मिति थप गरेको छ । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरुका लागि गत पुस २७ गते देखि माघ ११ गतेसम्म साधारण सेयर निश्कासन गरेको थियो । कम्पनीले स्थानीयबासिको अनुरोधमा ७ दिन समय थप गरेको जनाएको छ ।

कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर (आईपिओ) बिक्रीमा ल्याएको हो ।

आईपिओमा न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँदेखि अधिकतम ७ हजार ३८० कित्ता अर्थात ७ लाख ३८ हजार रुपैयाँसम्मको आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।

आवेदन गर्दा ५० हजार भन्दा माथिको आवेदन दिनेले चेक मार्फत र दश लाख रुपैयाँमाथि आवेदन गर्ने आवेदनले खनिवार्य प्यान नम्बर उल्लेख गर्नुपर्नेछ ।

आईपिओमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका (साविकको फुल्पिङकट्टी र मार्मिङ गाविस), बाह्रविसे नगरिपालिका (साविकको गाति, मानेश्वरी र राम्चे गाविस), त्रिपुरा गाउँपालिका (धस्कुन र टेकानपुर गाविस) र सुनाकोशी गाउँपालिका (साविकको पाङग्रेटार गाविस) का बासिन्दाले मात्र आवेदन गर्न पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

साधारण सेयरमा स्थानीयले शिव श्री हाइड्रोपावरको भोटेकोशी गाँउपाललिका कार्यालय तथा हिमालयन बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक, नेपाल बंगालदेश बैंक, र सिन्धु विकास बैंकको बाह्रबिसे शाखा कार्यालयबाट आईपिओमा आवेदन गर्न सक्नेछन् ।

त्यसैगरि सिन्धु विकास बैंकको खाडीचौर शाखामा पनि आईपिओ आवेदन गर्ने सुविधा दिइएको छ । आईपिओमा माघ १८ गतेसम्म आवेदन गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री