‘दि टिभिएस ग्रान्ड एक्सचेन्ज’को बिजेता बने राज कुमार श्रेष्ठ
नेपालको लागि टिभिएस मोटरको अधिकृत बिक्रेता जगदम्बा मोटर्सको ‘दि टिभिएस ग्रान्ड एक्सचेन्ज’ कार्यक्रमको बिजेता राज कुमार श्रेष्ठ घोषित भएका छन् ।
चार दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा श्रेष्ठ लक्की–ड्र मार्फत बिजेता घोषित भएका हुन् । श्रेष्ठले टिभिएसको स्ट्राइकर १२५ सी.सी मोटरसाइकल प्राप्त गरेका छन् ।
कम्पनीले पुष २५ गते देखि पुष २८ सम्म उक्त कार्यक्रमको आयोजना गरेको थियो । ग्राहकहरुको उच्च माग र उत्सुकतालाइ मध्यनजर गर्दै कम्पनीले १ दिन थप गरेको थियो । यो एक्सचेन्ज योजनामा जुनैपनि कम्पनीको बाइक वा स्कुटरसंग आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था गरेको थियो ।
५ दिनमा करिब ५०० बाइक र स्कुटर एक्सचेन्ज गर्न सफल भएको कम्पनीले जनाएको छ । कुनै पनि सवारी साधन एक्सचेन्ज गर्न मिल्ने यस कार्यक्रममा २०% डाउनपेमेन्टमा ०% ब्याजदर, ८ हजारसम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्युनतम २५ हजार मुल्यांकन, ७ हजार देखि १ लाखसम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सी.सी. बाइकहरु जस्ता आकर्षक उपहारको व्यवस्था गरिएको थियो ।
प्रतिक्रिया