शुक्रबार, २ साउन २०८२

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सिईओमा अनिरभन घोष नियुक्त

समयपोष्ट २०७५ माघ ७ गते १६:३४

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार नियुक्त गरिएको छ ।

बैंकको सञ्चालक समितिको सोमबारको बैठकले उनलाई प्रमुख कार्यकारी र सञ्चालक चयन गरेको हो । यस अघिका प्रमख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि दस्तिदार नयाँ प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् ।

तत्कालिन ग्रिण्डलेज बैंकदेखिनै कार्यरत सिल्भानुसले नेपालमा साँढे सात बर्ष काम गरेर फिर्ता भएका छन् । बैंकिङ्ग क्षेत्रमा २५ वर्षको अनुभव भएका दस्तिदार ब्रुनाइ, फिलिपिन्स र श्रीलङ्कामा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री