शुक्रबार, १४ वैशाख २०८१

२०७६ को दशैँ १२ दिन अघि, पात्रो तयार

समयपोष्ट २०७५ माघ ३ गते ८:१५

Advertisement

 

पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो ।

पात्रोअनुसार २०७६ सालको दशैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ । विसं २०७५ सालको तुलनामा आगामी वर्षको दशैँ १२ दिन अघि परेको छ ।

पात्रोअनुसार फुलपाती १८ गते, १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ ।

तिहार कात्तिक १० गतेदेखि शुरु हुने भएको छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री