शुक्रबार, ६ असार २०८२

एन आई सी एशिया बैंक शाखारहित बैंकिङ्ग सेवा उदयपुरको देउरीमा

समयपोष्ट २०७५ पुष २९ गते १६:०५

Advertisement

एन आई सी एशिया बैंक लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा २३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले एक कार्यक्रमकाबीच समुद्घाटन गरे । यससंगै ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई नियुक्त गरिएको जनाएको छ । हाल बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री