शनिबार, ३१ जेठ २०८२

प्रभु बैंकले सञ्चालनमा ल्यायो पि बि एल मास्टर कार्ड

समयपोष्ट २०७५ पुष २७ गते १३:३५

Advertisement

प्रभु बैंक लि.ले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पि बि एल मास्टर कार्ड सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी बैंकले पि बि एल मास्टरकार्ड सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

डिजिटल पेमेण्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकाडसंगको साझेदारीमा इ एम भि चिप बेस्ड पि बि एल मास्टरकार्ड सञ्चालनमा ल्याएको बैंकले बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।

उक्त कार्डबाट बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।
यस्तै मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा ने इ एम भि चिप बेस्ड पि बि एल मास्टरकार्ड सेवा विस्तार गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

अन्तर्राष्ट्रिय सञ्जाल रहेको मास्टरकार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजनो रहेको सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनले बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री