शनिबार, ५ जेठ २०८१

कुमारी बैंकले कति प्रस्ताव गर्यो लाभांस ?

समयपोष्ट २०७५ पुष २६ गते १०:५१

Advertisement

कुमारी बैंकले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली र काक्रेविहार विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ती गरेको कारण बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरेको समेत जनाएको छ । बैंकले २०७४ असार १६ गतेदेखि चारवटै संस्थालाई प्राप्ती गरि एकीकृत कारोबार थालेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री