शनिबार, ५ जेठ २०८१

शेयर बजारसम्बन्धी तालीममा नयाँ लगानीको रुचि बढ्दै

समयपोष्ट २०७५ पुष २५ गते १८:३७


प्रदेश नं ५ को बुटवल र आसपासका क्षेत्रमा पूँजी बजारमा प्रवेश गर्नेले शेयर बजारसम्बन्धी तालीम लिन थालेका छन् ।
यसबाट पूँजी बजारमा शेयर बजारको सचेतनाले बजार बढ्नमा मद्दत मिल्ने विश्वास गरिएको छ । पूँजी बजारमा स्नातक तहको व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, प्राध्यापक, महिलालगायतका नयाँ लगानीकर्ताले शेयर बजारसम्बन्धी तालीम गरेर लगानी बढाएको सफल नेपाल इन्भेण्टमेण्ट फोरम रुपन्देहीले जनाएको छ ।

Advertisement

तालीममा शेयर बजारको वर्तमान अवस्था, खरीद तथा बिक्री, कस्ता कम्पनीमा लगानी गर्ने र कसरी फाइदा लिने, कस्ता कम्पनीमा बढी जोखिम हुन्छ भन्ने विषयमा जानकारी दिइएको इन्भेण्टमेण्ट फोरमका अध्यक्ष तिवारीले जानकारी दिए ।

बुटवलमा नेपाल पत्रकार महासङ्घ रुपन्देही, लायन्स क्लब अफ बुटवलसँग मिलेर इन्भेण्टमेण्ट फोरमले शेयर बजारसँग सम्बन्धित तालीम दिएको थियो । दुवै तालीममा करीब ९० सहभागी थिए । पत्रकारलाई दिएको तालीम समाचार लेखनसम्बन्धी थियो । त्यस्तै कपिलवस्तुमा दिइएको तालीममा ३३ सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री