सोमबार, ३० असार २०८२

ग्लोबल आइएमई बैंकको १५औँ राजश्व संकलन काउण्टर सञ्चालनमा

समयपोष्ट २०७५ पुष २४ गते १९:३७

dav

ग्लोबल आइएमई बैंकले बैंकले मंगलवार नेपाल सरकार, आन्तरिक राजस्व विभाग, करदाता सेवा कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा राजस्व संकलन काउण्टर सुरु गरेको छ ।

Advertisement

सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्वेश्यले राजस्व संकलन काउण्टर संचालन गरेको हो । यस राजस्व संकलन काउण्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ ।उक्त राजस्व संकलन काउण्टरको उद्घाटन एक समारोहका बीच आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख सुरज कुमार विश्वकर्माले गरे ।

यसका साथै बैंकले ११६औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पौष २० गते शुक्रबार देखि पाल्पा जिल्लाको तानसेन नगरपालिका – १३, बौघा गुम्हामा ११६औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यस शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ र यो शाखारहित बैंकिङ्ग सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री