एनआईसी एसिया बैंकलाई आई एस ओ ९००१ː २०१५ प्रमाणपत्र
समयपोष्ट
२०७५ पुष २४ गते १९:३०
एनआईसी एसिया बैंकले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम(युआरएस्)/यूकेएएस–यूकेले प्रदान गरेको हो ।
पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाएको हो ।
हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया