शुक्रबार, ३० जेठ २०८२

कालिकोेट अग्निपीडितलाई ग्लोबल आइएमई बैंकले वितरण गर्यो राहत

समयपोष्ट २०७५ पुष २४ गते १५:१८

Advertisement

ग्लोबल आइएमई बैंक लिले कालिकोेट जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्निपीडितलाई राहत वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आगलागीबाट पीडित ८७ घरपरिवारलाई ८७ थान ब्लाङकेट, बाकस तथा विद्यार्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो ।

आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले उक्त राहत सामाग्रीहरु उपलब्ध गराएकोे बैंकले जनाएको छ । बैंकले हाल १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११६ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री