आइतबार, २२ असार २०८२

सहारा विकास बैंकको शेयर कारोबार रोक्का

समयपोष्ट २०७५ पुष २४ गते १२:३९

Advertisement

नेपाल स्टक एक्सचेञ्जले सहारा विकास बैंकको शेयर कारोबार रोक्का गरेको छ । साथै नेप्सेले २४ घण्टे स्पष्टीकरण समेत माग गरेको छ ।

बैंकले घोषणा गरेको लाभांश सम्बन्धीको निर्णय धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नभएको नेप्सेले जनाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८९ लाख ७८ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजन सहित चार लाख ७२ हजार ५४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

नेप्सेले सूचना प्रकाशन गर्दा बैंकले सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नभएको, लाभांश दिन लागिएको सम्बन्धीत आर्थिक वर्ष तथा दाखिला बन्द मिति अनुपात तथा शेयर कित्ता वा रकम समेत नखुलाएको जनाएको छ ।

नेप्सेले लाभांश वितरण गर्ने घोषणाको सूचना समयमै जानकारी नगराएको भन्दै बैंकसंग नेप्सेले २४ घण्टे स्पष्टीकरण समेत माग गरेकाे छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री