आइतबार, २२ असार २०८२

कैलाश विकास बैंकको १७ प्रतिशत नगद लाभांश पारित

समयपोष्ट २०७५ पुष २३ गते १२:१८

Advertisement

कैलाश विकास बैंकले शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकको आइतबार सम्पन्न पच्चीसौं वार्षिक साधारण सभाले गत आ.व. २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको हो ।

लाभांश वितरणका लागि बैंकले पुस ६ गते शुक्रबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले साधारण सभाले पारित गरेकाे बैंकको उक्त लाभांश (४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ बराबरको नगद) पुस ५ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

यस्तै साधारण सभाले कैलाश विकास बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने संस्था पहिचान, सम्झौतापत्रमा हस्ताक्षर, दायित्व तथा मूल्याङ्कनकर्ता नियुक्ति र पारिश्रमिक निर्धारण, लगायतका आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

साथै खगेन्द्र एण्ड एसोसिएट्सलाई आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरिक्षक नियुक्ती गरि पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्ताव गरिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री