शुक्रबार, ४ जेठ २०८१

अन्तत: रहेनन् कादर खान,क्यानडामा लिए अन्तिम श्वास

समयपोष्ट २०७५ पुष १७ गते ११:३०

Advertisement

बलिउडका हस्य कलाकार कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । उनको क्यानडास्थित एक अस्पतालमा निधन भएको भारतिय मिडियाहरुले जनाएका छन् । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा बस्दै आएका थिए । सास फेर्न गाह्रो भएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बाइपेप भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको बोली बन्द हुनुका साथै निमोनियाको लक्षण पनि देखिएको थियो ।

उनी प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी ९पिएसपी० बाट ग्रसित थिए । यो एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।

आइतबार अबेर राती उनको मृत्युको अफवाह फैलिएको थियो । यसबारे उनका छोरा सरफराजले बुवाको उपचार भइरहेको र जिवित भएको स्पष्टिकरण दिएका थिए । यसका साथै उनले अफवाह नफैलाउन पनि आग्रह गरेका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री