शनिबार, ८ वैशाख २०८१

मेगा र टुरिजम् डेभलपमेन्ट बैंक गाँभिदै

समयपोष्ट २०७३ माघ ८ गते ९:२८

मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक आपसमा गाभिने भएका छन् ।  मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले आपसमा गाभिने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने छ ।

Advertisement

अन्तिम सेयर आदान प्रदान अनुपात डिडिए प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंकको र टुरिजम् डेभलपमेन्टको स्वाप रेसियो १ सय बराबर ९५ तय गरिएको छ । 

हाल मेगा बैंकको पुँजी  ४ अर्ब १ करोड रुपैयाँ छ भने टुरिजम् डेभलपमेन्ट बैंकको  पुँजी ९१ करोड ९७ लाख रुपैयाँ  रहेको छ । टुरिजम् डेभलपमेन्टले हालको चुक्ता पुँजी  ९१ करोड ९७ लाखमा १८.६० प्रतिशत बोनस सेयर प्रस्ताव समेत गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री