मंगलबार, २ कार्तिक २०७८

अटोमोबाइल्स व्यवसायीलार्इ दिइयो एकदिने तालिम

समयपोष्ट २०७३ माघ ८ गते ८:५७

अटोमोबाइल्स क्षेत्रमा रहेका व्यवसायीलार्इ अटोमोवाइल्स एशोसिएशन अफ नेपालले एकदिने तालिम दिएको छ । सरकारसहितको सहभागितामा नाडाले अटोमोबाइल सम्वन्धी कारोबार गर्ने साना फर्मलार्इ लक्षित गरेर सो तालिम दिएको हो । तालिममा  ८१ सदस्य फर्महरुले सहभागिता जनाएका थिए । कार्यक्रममा भन्सार विभागका निर्देशक लावन्यकुमार ढकाल, आन्तरिक राजश्व विभागका निर्देशक राजकुमार खतिवडा र चार्टर्ड एकाउन्टेन्ट  साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।  नाडाका कार्यवाहक अध्यक्ष शम्भुप्रसाद दाहालका अनुसारअटोमोबाइल क्षेत्रको विकाससँगै करका समस्याहरु न्यूनीकरणका लागि तालिम आयोजना गरिएको हो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री