शनिबार, ८ वैशाख २०८१

नाफा बढाउँनेमा एनआईसी एशिया बैंक पनि थपियो

समयपोष्ट २०७३ माघ ५ गते ६:२७

एनआइसी एसिया बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा ४६ करोड खुद नाफा बढाएर ७२ करोड १४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २६ करोड मात्र कमाएको बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ५० करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले ३३ करोड हाराहारी डुबेको कर्जा उठाएर ३२ करोड रुपैयाँ जोखिम कोषबाट फिर्ता गर्न सफल भएको हो । बैंकसँग सर्वसाधारणको ७९ अर्ब निक्षेप र साढे ६६ अर्ब हाराहारी कर्जा लगानी छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रहेको छ भने प्रति सेयर आम्दानी २४ रुपैयाँ ८० पैसा कायम रहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री