गण्डकी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा विजयी

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य (खुला) क्लष्टरबाट नेपाली कांग्रेसका जगत तिमिल्सिना र महिला क्लष्टरबाट नेकपा (एमाले)की सम्झना देवकोटा विजयी भएका छन्।

प्रदेशसभा तथा स्थानीय तहका कुल २२८ मतदातामध्ये २२३ मत खसेको थियो। मतदानमा सहभागी नहुनेमा राप्रपाका २ जना प्रदेशसभा सदस्य र सत्ता गठबन्धनका ३ जना स्थानीय तहका प्रतिनिधि रहेका छन्।

Advertisement

अन्य क्लष्टरमा कांग्रेसका तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे। सत्ता गठबन्धनका उम्मेदवारले पूर्ण सहभागितामा ५ हजार १०५ मतभार पाउनुपर्नेमा उनले ७२ मतभार कम प्राप्त गरेका हुन्।

यसैगरी, महिला क्लष्टरमा एमालेकी देवकोटाले ५ हजार १४ मतभार प्राप्त गरिन्। यस क्लष्टरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १०५ मतभार पाउनुपर्नेमा उनले ९१ मतभार कम पाएकी हुन्।

गण्डकी प्रदेशमा कांग्रेस र एमालेको गठबन्धन रहेको थियो। नेकपा (माओवादी केन्द्र)बाट कपिल लामा र राष्ट्रिय जनमोर्चाबाट शंकर बराल उम्मेदवार थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री