कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा कांग्रेसका थापा, एमालेका पोर्तेल र मेचे निर्वाचित

राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् ।

Advertisement

कोशी प्रदेश अन्तर्गत ३ सिटका लागि भएको निर्वाचनमा थापा निर्विरोध बने भने पोर्तेल र मेचेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिएका थिए । तर, कांग्रेस, एमाले र जसपा नेपालको गठबन्धन भएका कारण उनीहरूको जित यसअघि नै सुनिश्चित थियो ।

निर्वाचित बनेका थापा कांग्रेस नेता हुन् । उनको प्रतिस्पर्धी नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी मनोनयन दर्ताका क्रममा समयमै उपस्थित हुन नआएका कारण मैदानबाट बाहिरिएका थिए । परिणाम स्वरूप थापा निर्विरोध बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री