सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ५३.९४% ले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्तसम्म) मा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ । बैंकले यो अवधिमा खुद नाफा ५३.९४ प्रतिशतले वृद्धि गर्दै ३० करोड २५ लाख ९७ हजार रुपैयाँ पुर्‍याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ । पुस मसान्तसम्म खुद ब्याज आम्दानी १८.४१ प्रतिशत बढेर १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ थियो ।

Advertisement

यस अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११.२९ प्रतिशत बढेर १२ करोड ५३ लाख रुपैयाँ रहेको छ । कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले वृद्धि भई १ अर्ब २५ करोड ७२ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५९.३१ प्रतिशत बढेर ४५ करोड १३ लाख १३ हजार रुपैयाँ भएको छ ।

वितरणयोग्य नाफा भने यस अवधिमा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ कायम रहेको छ । यसका आधारमा बैंकको लाभांश क्षमता ५.०७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा वितरणयोग्य नाफा २५ करोड २५ लाख रुपैयाँ थियो ।

बैंकको चुक्ता पुँजी ५ प्रतिशत बढेर ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा १ अर्ब ८९ करोड ३३ लाख २७ हजार रुपैयाँ रहेको छ ।

निक्षेप संकलनमा भने सामान्य गिरावट आएको छ । पुस मसान्तसम्म निक्षेप ०.५० प्रतिशत घटेर ५४ अर्ब ३९ करोड २४ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष सोही अवधिमा ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार रुपैयाँ निक्षेप थियो ।

Advertisement

यता, कर्जा लगानी भने ३.६९ प्रतिशत बढेर ४४ अर्ब ४० करोड ८३ लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही समयमा कर्जा ४२ अर्ब ८२ करोड ३८ लाख ९५ हजार रुपैयाँ थियो ।

बैंकको खराब कर्जा (एनपीएल) भने बढेर ६.८७ प्रतिशत पुगेको छ । गत वर्षको पुस मसान्तमा यो ४.९९ प्रतिशत थियो । आधार दर ६.१७ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८३.५५ प्रतिशत रहेको छ ।

समग्रमा बैंकले नाफा र सञ्चालन आम्दानीमा राम्रो प्रगति देखाए पनि एनपीएल बढ्नु र निक्षेपमा कमी आउनु चुनौतीका रूपमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री