रास्वपाले काठमाडौं-१ बाट रञ्जु दर्शनालाई उठाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर १ बाट रञ्जु दर्शनालाई प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवार बनाउने भएको छ ।

Advertisement

रञ्जु दर्शना, जो विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गरेकी थिइन्, यसअघि समानुपातिक निर्वाचनको बन्दसूचीमा समावेश भएकी थिइन् तर पार्टीले खस आर्य महिलाको क्लस्टरमा उनलाई १०औं नम्बरमा राखेपछि असन्तुष्ट बनेकी थिइन् । प्राइमरी इलेक्सनमा महिला आकांक्षीहरूमा सर्वाधिक मत प्राप्त गरेकी उनलाई बन्दसूचीमा न्याय नमिलेको भन्दै पार्टीभित्र र बाहिर व्यापक विरोध भएको थियो ।

Advertisement

बन्दसूचीमा संशोधन भए पनि उनको स्थान सुधार नभएपछि रञ्जुले समानुपातिकबाट नाम फिर्ता लिइन् । अन्ततः पार्टी नेतृत्वले उनलाई प्रत्यक्ष निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रञ्जु चाँडै आमा बन्ने तयारीमा रहेकी छन् । शारीरिक अवस्थाका कारण घरदैलो र प्रचारप्रसारमा असहज हुने भएकाले सुरुमा समानुपातिकबाट उठ्न चाहेकी उनले समानुपातिकमा जित्ने सम्भावना कम देखेपछि प्रत्यक्षमा आउन तयार भएकी हुन् । काठमाडौं-१ क्षेत्र घरदैलोका लागि तुलनात्मक रूपमा सहज छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री