
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएका छन्।
उनको सचिवालयले जारी गरेको जानकारी अनुसार, राष्ट्रियसभाको कार्यकाल समाप्त भएर बिदा हुन लागेका श्रेष्ठले अब प्रतिनिधिसभाको निर्वाचन लड्ने निर्णय गरेका हुन्।
नेकपा सर्लाही जिल्लाले श्रेष्ठलाई पहिलो प्राथमिकतामा राखेर उम्मेदवारको सिफारिस गरेको थियो, जसलाई पार्टीले अन्तिम रुप दिएको छ।
यो क्षेत्रमा गएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार हरिप्रसाद उप्रेतीले जित हासिल गरेका थिए। यसपटक भने नेकपाको तर्फबाट नारायणकाजी श्रेष्ठको प्रवेशले क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।










प्रतिक्रिया