
नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्रको गम्भीर विवादका बीच महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको छ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरूमाथि पार्टी हितविपरीत कार्य गरेको निष्कर्ष निकाल्दै पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासनको निर्णय गरेको हो।
यो निर्णयसँगै नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको स्पष्ट देखिएको छ। विशेष महाधिवेशनको आयोजना गरेर असन्तुष्ट पक्षले नेतृत्व परिवर्तनको प्रयास गरिरहेका बेला संस्थापन पक्षले यो कडा कदम चालेको हो।
गगन थापा र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमार्फत पार्टी सुधार, आन्तरिक लोकतन्त्र सुदृढीकरण र नयाँ नेतृत्वको आवश्यकता औंल्याउँदै आएका थिए। तर संस्थापन पक्षले यो महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आएको थियो।










प्रतिक्रिया