बिहीबार, १३ वैशाख २०८१

कुमारी बैंकले २१ प्रतिशत बोनस शेयर  दिने

समयपोष्ट २०७३ पुष २० गते ८:०१

कुमारी बैंकले २१ प्रतिशत बोनस शेयर  दिने भएको छ । बैंककाे  मंगलबार बसेकाे संचालक समिति  बैठकले २१ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेकाे हाे । गत आर्थिक वर्षको मुनफाबाट बैंकले बोनस दिन लागेको हो । गत अार्थिक वर्षमा बैंकले ७४ कराेड रुपैयाँ खुद मुनाफा कमाएकाे जनाएकाे छ ।  बाेनस शेयर वितरण पछि बैंककाे चुक्ता पूँजी ३ अर्ब ३६ कराेड रुपैयाँ नाघ्नेछ ।  हाल बैंककाे चुक्तापूँजी २ अर्ब ६९ करोड ९१ लाख ७७ हजार ५३२ रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको बोनस शेयर  राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । कम्पनीको हाल नेटवर्थ १३७.४३ रहेको छ भने प्रति शेयर आम्दानी १९.४३ पैसा रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री