बुधबार, ३२ असार २०८२

गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

समयपोष्ट २०८१ माघ १८ गते १८:५८

Advertisement

गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग अंश तथा माना चामल नलिने गरी सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छन् ।

काठमाडौं जिल्ला अदालतमा शुक्रबार दर्ता भएको मुद्दामा उनले पतिले आफ्नो चरित्रमाथि शंका गरेको तथा दाम्पत्य जीवन सुमधुर हुन नसकेको उल्लेख गरेकी छन् ।

एलिनाले पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी छन् ।

विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको जिकिर गर्दै उनले यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको जनाएकी छन् ।

Advertisement

लामो समय प्रेम सम्बन्धमा रहेका यी जोडीबीच बिहेपछि विवाद सुरु भएको थियो । झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाख ५ गते विवाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री