शिखर इन्स्योरेन्सको लाभांश घोषणा


शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले शेयरधनीहरूलाई १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Advertisement

इन्स्योरेन्सले हाल कायम २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजीमा आधारित भएर बोनस सेयर वितरण गर्ने भएको छ।

सोअनुसार, २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव गरिएको छ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री