मंगलबार, २४ असार २०८२

भाटभटेनी सुपर स्टोर्सले २२ करोड रुपैयाँको गिफ्ट भौचर बाँड्दै

समयपोष्ट २०८१ माघ ५ गते १९:३५

Advertisement

भाटभटेनी सुपर स्टोर्सले आफ्ना नियमित ग्राहकहरूका लागि यस वर्ष २२ करोड रुपैयाँभन्दा बढीको गिफ्ट भौचर उपहार घोषणा गरेको छ। यो योजनाअन्तर्गत, देशभरका २७ शाखाहरूमा जहाँसुकै प्रयोग गर्न मिल्ने भौचर ग्राहकहरूले प्राप्त गर्नेछन्।

भाटभटेनी क्लबका सदस्यहरूमध्ये, १ लाख ९ हजार ५२९ जना भाग्यशाली ग्राहकहरूले यो उपहार पाउनेछन्। क्लबका लाखौं सदस्यहरूमध्ये, छनोट गरिएका ग्राहकहरूले १,३०० रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको गिफ्ट भौचर प्राप्त गरिसकेको जानकारी सीओओ पानु पौडेलले दिएका छन्।

पौडेलका अनुसार, बाँडिएको गिफ्ट भौचरहरूको कुल रकम २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ पुग्छ। यो योजना ग्राहकहरूलाई सम्मान गर्न र उनीहरूको निरन्तर समर्थनको कदर गर्न गरिएको हो।

गिफ्ट भौचर वितरण २०८१ माघ ६ गतेदेखि सुरु भई २०८१ फागुन ९ गतेसम्म जारी रहनेछ। यस अवधिमा, ग्राहकहरूले आफूले पाएको भौचर प्रयोग गरी भाटभटेनीका जुनसुकै स्टोर्समा सामान खरिद गर्न सक्छन्।

Advertisement

भाटभटेनी सुपर स्टोर्सले ग्राहकहरूको विश्वास र साथलाई अझै मजबुत बनाउन यो योजना ल्याएको हो। यसले ग्राहकहरूमाझ विश्वास र सहकार्यको भावना थप बलियो बनाउने कम्पनीको विश्वास छ।

२०४३ सालमा स्थापना भएको भाटभटेनी सुपर स्टोर्स अहिले देशभर २७ शाखासहित नेपालको सबैभन्दा ठूलो र अग्रणी रिटेल चेनको रूपमा स्थापित छ। ग्राहकहरूको रोजाइमा पर्ने यो संस्थाले गुणस्तरीय सेवा र सामग्री उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री