बुधबार, १२ कार्तिक २०८२

सुनको मूल्य तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक

समयपोष्ट २०८१ पुष २९ गते १०:५०

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको १ लाख ५५ हजार ७०० रुपैयाँभन्दा १०० रुपैयाँले वृद्धि भएको हो। पछिल्लो समय सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ।

पुस २२ गते तोलामा १ लाख ५२ हजार रुपैयाँ रहेको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ३ हजार ८०० रुपैयाँले वृद्धि भएको छ। सुनको मूल्य वृद्धिको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धि हो। केही समयअघि सरकारले भन्सार घटाएसँगै सुनको मूल्यमा गिरावट आएको भए पनि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारकै प्रभावले स्थानीय बजारमा यसको मूल्य बढिरहेको छ।

चाँदीको मूल्य स्थिर
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री