रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित
समयपोष्ट
२०८१ पुष २८ गते ११:१०

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्।
प्रहरीले आइतबार लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो ।
स्वर्णलक्ष्मी सहकारीमा रकम अपचलन अभियोगमा पुस २१ गते रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। प्रतिवादीहरूमाथि १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गर्दै सात वर्ष कैद सजायको माग गरिएको छ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेमाथि तीन महिना लामो अनुसन्धान र थुनछेक बहस भएको थियो। सो मुद्दामा न्यायाधीश नितीज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।



























प्रतिक्रिया