कोशीमा काँग्रेसका सिटौला विजयी

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् ।

Advertisement

कोशीमा अन्य तर्फबाट उमेदवार सिटौलाले एमाले राप्रपा गठबन्धनबाट उमेदवार उद्धव पौडेललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

२ जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन् । उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए ।

उनलाई प्रदेश सभा सदस्य मध्ये ४५ जनाले मात्रै मत हाले । उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् । कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेश सभा सदस्य छन् । राप्रपा र एमालेको भने ४५ जना मात्रै छन् । एक जनाको मत बदर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री