३२.१९ % ले बढ्यो कामना सेवा विकास बैंकको खुद नाफा

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

Advertisement

बैंकको यो नाफा ३२.१९ % ले बढी हो । बैंकलेअघिल्लो आर्थिक वर्षको यसै अवधिमा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ६.२४ % ले घटेर ९५ करोड ८८ लाख रहेको छ ।

बैंकले सम्भावित जोखिमको लागि छुट्याएको ईमपेयरमेन्ट चार्ज घट्दा खुद ब्याज आम्दानी घटेपनि बैंकको खुद नाफा बढेको हो। दोस्रो त्रैमासमा बैंकले सम्भावित जोखिमको लागि छुट्याएको यस्तो रकम ३० करोड १५ लाखबाट घटेर २१ करोड १९ लाख मात्र रहेको छ । त्यस्तै बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २५.६६ % ले बढेर १२ करोड ३२ लाख पुगेको छ ।

यसले पनि बैंकको नाफा बढाउन मद्दत गरेको देखिन्छ ।यस अवधिमा बैंकका कुल निक्षेप ५.२८ % ले बढेर ५६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ०.३० % ले बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

Advertisement

३ अर्ब २८ करोड रुपैयाँ कुल चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ५१ करोड रुपैयाँ रिजर्भमा छ। बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७४ पैसाबाट बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री