
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बीच १० वर्ष अवधि तथा १०५ वार्षिक व्याजदर भएको “१०% सिटिजन्स बैंक डिवेञ्चर २०९० डिबेन्चर” ऋणपत्र ( CIZBD90 को कूल ३० लाख कित्ताको सुचिकरण गर्ने समझौता सम्पन्न भयो
जस अनुसार क्रम संख्या १ देखि ३०,००,००० सम्मको अंकित तथा चुक्ता मूल्य रु १,०००। रहेको छ । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत खुल्ला विक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारणमा वितरण गरिएको ३०,००,००० कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८०/०९/०१ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएकोे छ ।
मिति २०८०/०९/२३ मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कम्पनीको १०% वार्षिक व्याजदर भएको १०% सिटिजन्स बैंक डिवेञ्चर २०९० दोस्रो बजारको कारोबार शुरु हुनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।










प्रतिक्रिया