नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सम्पन्न

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ ।

Advertisement

बैठक काठमाडौंको होटल याक एन्ड यतिमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करको संयुक्त अध्यक्षता बसेको हो ।

बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताए ।

परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षीसँग भएको द्विपक्षीय भेटवार्तामा विभिन्न विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्ध बारे छलफल भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री