बुधबार, १२ वैशाख २०८१

मनकामना स्मार्ट लघुवित्तले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ माघ १७ गते ११:२८

Advertisement

मनकामना स्मार्ट लघुवित्तले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १४ करोड १७ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री