बिहीबार, २० वैशाख २०८१

शैलजा आचार्य स्मृति पोलिटेक्निकको वार्षिकोत्सव सम्पन्न

rss २०७९ माघ १७ गते ९:४९

Advertisement

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम आयोजना गरी सोमबार सम्पन्न भएको छ । मोरङको जहदा गाउँपालिका–४ स्थित रहेको पोलिटेक्निकले बर्सेनि रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको छ ।

सो अवसरमा ३९ उत्कृष्ट विद्यार्थी र कार्यालयमा उत्कृष्ट काम गर्ने चार कर्मचारी पुरस्कृत भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पुरस्कृत कर्मचारी एवं विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै कठिन परिस्थितिमा स्थापना भएको पोलिटेक्निकले विपन्न वर्गका हजारौँ मानिसलाई रोजगार बनाएकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले शैलजा आचार्यले उसबेला स्थापना गर्दा दुर्गम गाउँ रोजेको र पढ्न कोही पनि जाँदैनन् होला भन्ने खालका कुरा आफूले त्यसबेला सुनेको स्मरण गर्दै उहाँले भन्नुभयो, “गाउँका मानिसलाई शिक्षित र रोजगार बनाउनुपर्दछ भन्ने चेतना शैलजा आचार्यको देन हो, समाज परिवर्तनका लागि शिक्षित र प्राविधिक जनशक्ति उत्पादन गर्ने पोलिटेक्निकका लागि आवश्यक प्रबन्धका लागि अधिकतम पहल गर्ने छु ।”

पोलिटेक्निक अध्यक्ष मीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरे, गोपालराज भण्डारी, जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह, सिटीइभिटी इटहरीका निर्देशक नवराज कोइराला, प्रदेश नं १ सामाजिक विकास मन्त्रालय शैक्षिक विकास योजना महाशाखा प्रमुख कृष्ण पोखरेल, गुठीका कोषाध्यक्ष मोहनलाल महतो, सदस्य विकास पराजुली, जवारलाल मण्डललगायतको सहभागिता थियो ।

Advertisement

आधा दर्जन विभिन्न प्राविधिक विषयमा पढाइ हुने सो पोलिटेक्निकले बर्सेनि दुई सय विद्यार्थीलाई रोजगारमुखी शिक्षा दिने गरेको कलेज प्रमुख शन्तबहादुर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री