बुधबार, १२ वैशाख २०८१

इसेवा मनी ट्रान्सफरसंग चर्चित कलाकार दयाहाङ्ग राइ ब्राण्ड हिरोको रुपमा आबद्ध

समयपोष्ट २०७९ माघ १५ गते २१:५०

Advertisement

विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको नेपालको सबै भन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले नेपाली सिने जगतका सुपरस्टार दयाहाङ्ग राइलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ ।

यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफर संग आवद्ध रहेका छन् ।

राइ इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरु संग मिलेर सम्पन्न हुने विभिन्न “मेरो डिजिटल देश“ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।

यस अवसरमा कलाकार राइले भने, “इसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसंग आवद्ध हुन पाउँदा म एकदमै खुशी र साथमा उत्साहित पनि छु। विदेश गएर काम गर्दै आउनुभएका दाजुभाई–दिदीबहिनी संग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ“।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भन्नुभयो,“दयाहाङ्ग राइको नेपालमा मात्र नभएर युएई र सारा संसार भरि नै फ्यान पÞmलोइङ्ग एकदमै राम्रो रहेको छ, यो त उहाँको कामको प्रभावले नै हो र उहाँ जस्तो लोकप्रिय व्यक्तित्वलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसेडरको रुपमा आवद्ध गर्न पाउँदा सम्पूर्ण इसेवा मनी ट्रान्सफर टोली एकदमै हर्षित छ। आशा छ उहाँको आगमनले हाम्रो यस कम्पनीलाई थप चार्चा र सफलताको शिखरमा पुर्याउनेछ र मेरो डिजिटल देश जस्तो काठमाडौँमा घर दिने अभियानलाई सार्थकता प्रदान गर्ने छ।

इसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि यो अभियान सुरू गरेको थियो । हाल यस अभियानमा विदेशमा रहनुभएका नेपालीहरुको उत्साहजनक सहभागीता रहेको छ र यसै अनुरुप अभियान निरन्तर रुपमा संचालन हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ।

यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नुहुनेछ । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।

यस अभियानको पहिलो चरणमा सहभागी भइ इसेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नुहुनेछ ।
यस अभियानमा नपाली सिने जगतका महानायक राजेश हमाल पनि जोडिनुभएको छ । हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्स सम्बन्धी जागरुकता जगाउने कार्यमा शक्रियता जगाउनुभएको छ। यसैगरी नेपाली सिनेजगतकी चर्चित नायिका स्वस्तिमा खड्काले पनि यस अभियानको प्रचार–प्रसारमा क्रियाशील रहनुभएको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री