बुधबार, १२ वैशाख २०८१

दोहोरो अंकले घट्यो नेप्से

समयपोष्ट २०७९ माघ १५ गते १५:३१

Advertisement

नेप्से परिसूचक १४.६८ अंक घटेर २१६८.५३ विन्दुमा झरेको छ।

आइतबार सेन्सेटिभ इण्डेक्स २.८३ अंक, फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।

यस दिन २६७ स्टकको ५१ हजार ९७३ पटकको कारोबारमा ३ अर्ब १ करोड ७० लाख ६३ हजार रुपैयाँ बराबरको ८२ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन कम्पनीको करिब १० करोडको शेयर खरिदबिक्री भएको छ।

हिमालयन उर्जा विकास कम्पनीको यस दिन ९ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन एनआईसी एशियको कारोबा रकम ७ करोड नाघेको छ।

यस दिन होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक क्रमशः ०.२० प्रतिशत र ०.३४ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०४ प्रतिशत घटेको छ भने, विकास बैंक, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

आइतबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर पब्लिक, इष्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सयपत्री हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। समृद्धि फाइनान्स र सिभिल लघुवित्तको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री