बुधबार, १२ वैशाख २०८१

धमलापत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, ‘देश र जनताको सेवाको लागि राजनीतिमा आए’

समयपोष्ट २०७९ माघ १५ गते ११:४१

Advertisement

अभिनेत्री एलिजा धमला नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् ।

चर्चित सञ्चारकर्मी ऋषि धमलाकी पत्नीसमेत रहेकी उनी शनिबार एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् ।

पार्टी प्रवेश गरेसँगै धमलाले आफू देश र जनताको सेवाको लागि राजनीतिमा आएको बताईन् । उनले पार्टीको मूल उद्देश्य पुरा गर्नका लागि अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

उनले भनिन्,‘समाज रूपान्तरणमा मेरो योगदान रहने विश्वास दिलाउन चाहन्छु । दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री