बुधबार, १२ वैशाख २०८१

शिक्षामन्त्री खनालको राजीनामा माग गर्दै पुत्ला दहन

समयपोष्ट २०७९ माघ १३ गते १०:१६

Advertisement

शिक्षा,विज्ञान तथा प्रविधीमन्त्री शिशिर खनालको राजिनामा माग गर्दै बिद्यार्थीहरुले पुत्ला दहन गरेका छन् ।

शुक्रबार बिहान नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले राजधानीको प्रर्दशनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पुत्ला दहन गरेको हो ।

शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँचसम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले मन्त्री खनालको पुत्ला दहन गरेको हो ।

आन्दाेलित विद्यार्थीहरुले शिक्षामन्त्री खनालकाे राजीनामा समेत माग गरेका छन् । शिक्षा मन्त्रालयले पाठ्यपुस्तकको अभाव कम गर्न भन्दै आगामी शैक्षिक सत्र २०८० को कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री