शुक्रबार, १६ चैत २०८०

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबिच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

समयपोष्ट २०७९ माघ ९ गते १३:०६

Advertisement

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई ( डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरे ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको कम्पनीले जनाएको छ ।

योसँगै अब माछापुच्छ्रे« बैंकका ग्राहकहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने भएका छन् । एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकहरुले नेपाल तथा भारतभित्रका जुनकुनै एटीएम, पोस, ई–कमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री