शुक्रबार, १६ चैत २०८०

बलिउड डेब्यु गर्ने तयारीमा रविना टण्डनकी छोरी राशा

समयपोष्ट २०७९ माघ ८ गते १२:०४

Advertisement

अभिनेत्री रविना टण्डनकी छोरी राशा बलिउडमा डेब्यु गर्ने भएकी छन् ।

निर्देशक अभिषेक कपूरको आगामी एक्सन फिल्म ‘काई पो चे’ मार्फत उनी बलिउड डेब्यु गर्ने भएकी हुन् ।

उनीसँगै अजय देवगनका भतिजा अमन देवगन पनि यो फिल्ममार्फत बलिउडमा प्रवेश गर्ने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार अभिषेक कपुरले यो प्रोजेक्टमा काम सुरु गरिसकेका छन् । यद्यपि फिल्मको नाम भने फाइनल भइसकेको छैन ।

यो फिल्ममा अजय देवगनको पनि महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । फिल्मसँग सम्बन्धित स्रोतका अनुसार अजय देवगन यस फिल्ममा पहिले कहिल्यै नदेखेको अवतारमा देखिनेछन् र उनको लागि विशेष लुक पनि डिजाइन गरिएको छ ।

फिल्मको कथासँग सम्बन्धित कुनै पनि जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो फिल्मको छायाङ्कन यसै वर्ष सुरु हुनेछ । अमन र राशाको यो जोडीलाई यस वर्षको सबैभन्दा प्रतीक्षित जोडीको रूपमा वर्णन गरिएको छ। अभिषेकले अहिलेसम्म सुशान्त सिंह राजपूत, फरहान अख्तर, राजकुमार राव, सारा अलि खान जस्ता धेरै सेलेब्सलाई लञ्च गरिसकेका छन् । यस्तो अवस्थामा राशा र अमनको सुरुवात निकै बलियो हुने अनुमान गरिएको छ ।

यस प्रोजेक्ट बाहेक अजय देवगनसँग रोहित शेट्टीको ‘सिंघम अगेन’ पनि छ । यसबाहेक अजयसँग ‘मैदान’ र ‘भोला’ जस्ता ठूला फिल्महरू छन्। रविनाको कुरा गर्दा उनले सन् २००४ मा अनिल थडानीसँग विवाह गरिन् । दुवैका दुई सन्तान राशा र रणवीर छन् ।

विवाहअघि नायिकाले दुई छोरी पूजा र छायालाई धर्मपुत्री लिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री