शुक्रबार, ७ वैशाख २०८१

सी जी मोटर्सद्धारा फ्री होम तथा अन साईट सर्भिस सुविधा सुरु

समयपोष्ट २०७९ माघ ६ गते १४:२०

Advertisement

होजोन मोटरसको नीटा भिले विश्वभरी चर्चा पाएको बेला नेपालका लागि आधिकारिक बिक्रेता सी जी मोटर्सले ग्राहक लक्षित नेपालमै पहिलो पटक फ्री होम साथै अन साईट सर्भिस सुबिधा सुरु गरेको छ।

कम्पनीका अनुसार हालसम्म १५० भन्दा धेरै गाडी नेपाली बजारमा बिक्री भइसकेको छ। ग्राहकहरुको सुबिधलाई ध्यानमा राखी फ्री होम साथै अन साईट सर्भिसलाई सुरु गरेको कम्पनीले जनाएको छ । सर्भिस हट्लाइन नम्बर १६६००१११२६९ तथा डाइरेक्ट सम्पर्क् नम्बर ९८०२३४०९४८ मा सम्पर्क् गरेको २ घण्टा भित्र सर्भिस टिम साईटमा पुगेर सुबिधा दिने बताईएको छ । चाँडैनै नेपालको विभिन्न ४ ठाउँबाट थप ३ सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नीटा भिको नया पक्ष हो ।

नीटा भिमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । सी जी मोटर्सले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ । नीटा भिमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘क्याटल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ। हरेक गाडी किन्ने ग्राहकलाई ६.६ किलोवाट क्षमताको चार्जर उपलब्ध गराउने जनाएको छ। निटा भी मा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ ।एक पटक फुल चार्जमा ३८० प्लस को रेन्ज निटा भी मा पाउन सकिन्छ। विद्युतीय कार चढ्न चाहनेका लागि क्रसओभर सेगमेन्टको भएकाले निटा भी धेरैको रोजाइमा परेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री