सोमबार, १७ वैशाख २०८१

नेप्से सूचकमा ९ अंकको गिरावट

समयपोष्ट २०७९ माघ ४ गते १६:०८

Advertisement

आज नेप्से सूचकमा ९ अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकमाथिले बढेको नेप्से सूचक आज ९.०१ अंकले घट्दै २१७३.१० अंकमा झरेको हो ।

तर, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने बढोन्नती आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख कित्ता सेयर किनबेच भएको छ ।

अघिल्लो दिन ३२ अंकले बढेको बजारमा जम्मा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यस दिन बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने डेभलमेन्ट बैंक, हाइड्रोपावर र म्युचुअल फन्ड समूहको उपसूचक मात्र धनात्मक भएका छन् ।

आज पनि पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ७.८९ प्रतिशतले घट्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री