आइतबार, २३ वैशाख २०८१

कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु, २५ अर्ब नाघ्यो चुक्ता पुँजी

समयपोष्ट २०७९ पुष १७ गते ११:४९

Advertisement

कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ ।

कुमारी र एनसीसी मर्जरपछि कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

दुवै बैंकको मङ्सिर २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस ६ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयल पुस ८ गते एनसीसी बैंकको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु कुमारी बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

Advertisement

मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ । कुल शाखा संख्या ३५५ पुगेको छ ।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुगेको छ । बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड पुगेको छ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड पुगेको छ । जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड पुगेको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल बनेका छन् । उनी एनसीसी बैंकका प्रमुख कार्यकारी हुन् । यी दुई बैंक १:१ को स्वापमा मर्ज भएका हुन् ।

कुमारी र एनसीसी एक आपस मर्ज भई एकिकृत कारोबार सुरु गरेसँगै वाणिज्य बैंकको संख्या २५ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री