बिहीबार, १५ चैत २०८०

मेगा बैंकको खुद नाफा १ अर्ब ३९ करोड

समयपोष्ट २०७८ माघ ७ गते १७:४४

Advertisement

मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ७१.६८ प्रतिशतले धेरै हो।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने २ प्रतिशतले घटेको छ। सञ्चालन आम्दानी ४ प्रतिशतले घटेको छ। उसको इम्पेरिमेन्ट चार्ज घट्दा नाफा केहि बढेको हो।

१६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ छ।

बैंकको निक्षेप संकलन ३४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६ पैसा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री