बुधबार, २६ वैशाख २०८१

४६.६७ प्रतिशतले बढ्यो एनसीसी बैंकको खुद नाफा

समयपोष्ट २०७८ माघ ७ गते १७:४०

Advertisement

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४६.६७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पुससम्ममा बैंकले ६१ करोड ४० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १७.७१ प्रतिशतले बढेर १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको नेट फि तथा कमिशन आम्दानी २६.१६ प्रतिशत र सञ्चालन मुनाफा १६.४६ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८३ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

Advertisement

बैंकले यस अवधिमा एक खर्ब २० अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा बैंकको निक्षेप १२.६३ प्रतिशत र कर्जा १९.९८ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १५ पैसाले बढेर १६ रुपैयाँ १७ पैसा पुगेको छ ।

यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १७.४४ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री