शनिबार, १५ वैशाख २०८१

८.२० प्रतिशतले बढ्यो नबिल बैंकको खुद नाफा

समयपोष्ट २०७८ माघ ७ गते १०:०९

Advertisement

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशत बढी हो। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफामा दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.५१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ८.६० प्रतिशत मात्र बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १३ करोड ९१ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४० करोड १७ लाख रुपैयाँ पुगेको छ। जसले गर्दा सञ्चालन मुनाफामा दबाब पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ।

नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ ९९ पैसाबाट घटेर २३ रुपैयाँ ५९ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४७.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोष २२.११ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप ४.०६ प्रतिशत र कर्जा ८.६८ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री