शनिबार, ८ वैशाख २०८१

नेपाल बङ्गलादेश बैंकको खुद नाफा ८१ करोड ११ लाख

समयपोष्ट २०७८ माघ ७ गते १०:०६

Advertisement

नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८१ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत कम हो। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.७८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २१.३४ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ करोड ११ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड ६ लाख रुपैयाँ पुगेको छ। जसले गर्दा सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ३२ लाख रुपैयाँ रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २२ रुपैयाँ १६ पैसाबाट घटेर १६ रुपैयाँ ९ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ १८ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष १०.६३ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप ७.३६ प्रतिशत घटेको छ भने कर्जा ९.०६ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री