शनिबार, १५ वैशाख २०८१

आइएमएफद्धारा नेपालका लागि ४६ अर्ब ६३ करोड रुपैयाँ ऋण स्वीकृत, १२ अर्ब ९८ करोड रुपैयाँ तत्कालै उपलब्ध गराउने

समयपोष्ट २०७८ पुष ३० गते १०:४९

Advertisement

नेपालको लागि ३९५.९ मिलियन अमेरिकी डलर अर्थात ४६ अर्ब ६३ करोड रुपैयाँ ऋण स्वीकृत भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को बिहीबार राति बसेको बोर्ड बैठकले ३८ महिनामा ऋण लिनेगरी ४६ अर्ब ६३ करोड रुपैयाँ स्वीकृत गरेको हो।

बैठकले एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी, (इसीएफ) नेपालको लागि स्वीकृत गरेको हो। जसमा करिब १ सय १० मिलियन डलर (१२ अर्ब ९८ करोड रुपैयाँ) तत्कालै उपलब्ध गराउने गरी निर्णय पारित गरेको छ। बाँकी २ मिलियन ८२ डलर (३३ अर्ब २९ करोड रुपैंया) ३८ महिनाभित्र लिन सक्नेछ।

यो ऋण सरकरले आर्थिक गतिविधि चलायमान बनाउन प्रयोग गर्न पाउनेछ। अब सरकारले आफ्नो प्राथमिकता हेरी कुन आर्थिक वर्ष कति ऋण लिने भन्ने विषयमा निर्णय गर्नेछ। यसैको आधारमा वार्षिक बजेट कार्याक्रममा वैदेशिक ऋणको सीमा राख्ने गर्दछ।

ऋणको प्रकृति शोधभर्नामा आधारित रहनेछ। सरकारले आफ्नो खाताबाट खर्च गरिसकेपछि मात्रै ऋण सम्झौता वापतको रकम प्राप्त गर्न सक्नेछ।

यो ऋण नेपालले १० वर्षसम्म साँवा र ब्याज तिर्नु पर्दैन। सो पछिको समयमा साँवा तथा ब्याज किस्तामा घटाउन पाउनेछ। सरकारले यो सहुलियत पूर्ण ऋणको ठूलो हिस्सा विकास निर्माणमा लगाउनेछ। यस्तै स्वस्थ्य र शिक्षा शीर्षकमा पनि ऋणको उपयोग गर्न पाउनेछ। विशेषगरी यो प्रकृतिको ऋणले सरकारलाई फाइदा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री