शुक्रबार, १४ वैशाख २०८१

यसरी मनाइयो डा. बाबुराम पोखरेलको चौथो स्मृति दिवस

समयपोष्ट २०७८ पुष २४ गते २०:५१

Advertisement

स्वर्गिय डा.बाबुराम पोखरेल स्मृति समाजले चौथो बार्षिक स्मृति सभा तथा सम्मान कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रका चार जना व्याक्तिलाई पुरस्कार प्रदान तथा सम्मान गरेको छ ।

समाजले प्रा.डा.सुरेन्द्र भक्त प्रधानाङगलाई शिक्षा पुरस्कार, प्रकृति अधिकारीलाई पत्रकारिता पुरस्कार, ब्रह्मकुमारी सती दवी राईलाई धर्मसंस्कृति पुरस्कार र सुमित्रा कडरियालाई समाज सेवा पुरस्कारबाट प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गरेको हो ।

समाजका उपाध्यक्ष डा. बबिन पोखरेलले नेपालको निजी शिक्षा क्षेत्रमा स्वर्गिय पोखरेलको ठुलो योगदान रहेको चर्चा गर्नुभयो । उहाँका अधुरा सपना पुरा गर्नका लागि रु एक करोडको अक्षयकोष स्थापना गरी विपन्न क्षेत्रका विभिन्न विद्यालय तथा विद्यार्थीलाई सहयोग गर्दे आएको डा. पोखरेलले जानकारी दिनुभयो ।

यो वर्ष स्व डा.बाबुराम पोखरेललाई मनपर्ने समाजसेवा, शिक्षा, पत्रकारिता र धर्मसंस्कृति गरी चारवटा विधामा ख्याति प्राप्त व्याक्तिहरुलाई थप प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठले स्वर्गिय डा.बाबुराम पोखरेले शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्याएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री